आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् । स्पोन्सर जुटाउने, ट्यालेन्ट हन्टबाट खेलाडी छान्ने, जर्सी सार्वजनिक गर्न, गीत बनाउने लगायतका काममा टिमहरु जुटेका छन् । हरेक टिमले माक्र्यु खेलाडी र अक्सनबाट छान्नुपर्ने ११ जना खेलाडी छानिसकेका छन् ।
१ जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिनेछ भने ३ जना खेलाडी विदेशी हुनेछन् । तर टिममा १५ जना खेलाडी हुनुपर्ने भए पनि आफूहरुले ३ जना थप खेलाडीलाई पनि पछि अवसर दिने गरी राखेको ललितपुर पेट्रियट्सले जनाएको छ । हरेक टिममा ३ जना विदेशी खेलाडी हुनैपर्ने नियमका कारण सबै क्लवले विदेशी खेलाडी छान्ने प्रक्रिया सुरु गरिसकेका छन् ।
विहिबार मात्रै जर्सी सार्वजनिक गरेको ललितपुर पेट्रियट्सले पनि विदेशी खेलाडी किन्न सबै प्रक्रिया पूरा गरेको र अब हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जनाएको छ । ललितपुर पेट्रियट्सका लगानीकर्ता किशोर महर्जनले अष्ट्रेलिया र इंल्याण्डका खेलाडी किन्ने तयारी गरे पनि ती २ देशका खेलाडी धेरै नै महँगो भएकाले भारतबाट खेलाडी किन्ने निर्णय गरेको जानकारी दिनुभयो ।
‘इपिएलका ६ वटै टिमका लागि ३० जना विदेशी खेलाडीको सूची बनाइएको थियो जसमा २१ जना भारतका र ९ जना पाकिस्तानका खेलाडी थिए, त्यस्तै इंल्याण्ड र अष्टे«लियाका खेलाडी पनि थिए तर ती दुई देशका खेलाडी हामीले अहिलेका अवस्थामा किन्न नसक्ने भयौं’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘ललितपुर पेट्रियट्सको हकमा चाँही हामीले आइपिएलका २ टिम, दिल्ली डेयर डेभिल्स र राजस्थान रोयल्सबाट खेलिसकेका २ जना युवा खेलाडी र १ जना रणजी ट्रफीमा खेलेका खेलाडी किन्ने पक्का गरेका छौं, तर हस्ताक्षर हुन बाँकी छ ।’
जर्सी सार्वजनिक
ललितपुर पेट्रियट्सले इपिएलका लागि विहिबार जर्सी सार्वजनिक गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमा कार्यक्रम गरेर टिमका लगानीकर्ता किशोर महर्जन, प्रवन्ध निर्देशक छुम्बी लामा, टिम क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडी सन्दिप लामिछाने र कुशल भुर्तेलले जर्सी सार्वजनिक गनुभएको हो । टिमलाई मुख्य प्रायोजन मारुती सिमेन्टले गरेको छ भने सह प्रायोजन नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । यस्तै विभिन्न १२ वटा संस्थाले ललितपुर पेट्रियट्सलाई प्रायोजन गरेका छन् ।

Comments
Post a Comment