प्रहरीले आफ्नै ट्रक त्रिशुलीमा फालेर इन्स्योरेन्स रकम दाबी गर्ने ४ जनालाई पक्राउ गरेको छ । आर्थिक रुपमा कमजोर भएपछि बनावटी दुर्घटनामार्पmत मोटो रकम असुल्ने दाउले ट्रकको बिमासहित ४५ लाख क्षतिपुर्र्ति उठाउन खोज्ने उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ५ का ३० बर्षिय उज्ज्वल कँडेल, हेटौँडा उपमहानगरपालिका ११ का २८ बर्षिय सन्तोष खत्री, हेटौंडा १९ का २२ बर्षिय निर्मल सुवेदी र हेटौँडा १३ पदमपोखरीका २४ बर्षिय मणी लामा रहेका छन्।
उनिहरुले ट्रकको दुर्घटना बापत् बिमा र दुर्घटना गराईएको ट्रकमा लोड भएको सामानको मुल्य समेत लिने तयारीमा थिए । यस्तो नाटकीय योजना बन्यो ।
गत हप्ता भदौ २० गते मनहरी गाउँपालिका ५ का उज्ज्वल कँडेल र हेटौँडा ३ का सन्तोष खत्री अनौठो योजना बनाए । आफ्नो ट्रकलाई त्रिशुलीमा खसाल्ने र मोटो रकम बिमामार्फत असुल्ने नियतले उनिहरु दुर्घटना गराउन सकिने स्थानको छनौट गरे ।
योजनाअनुसार भदौ २५ गते नवलपरासीको गोर्खा बु्रअरीबाट १४ सय कार्टुन बियर लिएर काठमाडौं हिड्े। २ सय कार्टुन आफ्नो ट्रकमा राखेर बाँकी बियर बाटोबार्टैे अर्कौ ट्रकमा हालेर जलबिरे पुगेपछि ट्रकलाई त्रिशुलीमा खसालियो ।
घटनापछि २६ गते दुर्घटनाका कारण पीडित भएको भन्दै उनिहरुले ईलाका प्रहरी कार्यालय मुग्लीनमा बिमा रकम पाउने उदेश्यले निवेदन दिए ।
दुर्घटना पछि चालक कँडेललाई चोट नलागेकाले शंका हुने र योजना असफल हुने आशंकामा सुवेदीले भरतपुर यातायात कार्यालय चौबिस कोटी नजिक झाडीमा बायाँ खुट्टाको घुँडा माथि चक्कुले काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी ६ टाँका लगाएका थिए।
तर असोज १ गते हेटौंडा १३ पदमपोखरीमा रहेको मणी लामा र बुद्ध तामाङ्गको घरबाट प्रहरी टोलीले करिब ३७ मुल्य पर्ने ९ सय ६० कार्टुन दुबर्ग बियर बरामद गरेपछि घटना सार्वजनिक भएको हो।
Comments
Post a Comment