ड्राइभरको लापर्वाहिले गर्दा गयो १९ जनाको ज्यान र दर्जनौं घाइते

आज फेरी त्रिशुली नदीले १९ जनालाई निलेको छ.राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खस्दा १४ जनाको ज्यान गएको छ । अत्याधिक गतिका कारण दुर्घटनामा परेको घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरमा खाना खाइसकेपछि चालक सन्तोष चौधरीले बस अत्याधिक गतिमा कुदाएको घाइतेहरुले प्रहरी समक्ष बताएका छन्

घाइतेले चालक चौधरीले खाना खाएको ठाउँमा मदिरा समेत पिएको बताएका छन् । घाइतेका अनुसार मुग्लिन-नारायणघाट सडकखण्डमा बस उफ्रिएको थियो । गजुरीमा उपचाररत एक घाइते मनोज ठाकुरका अनुसार उक्त सडकमा पनि ड्राइभरले जथाभावी गाडी हाँकेका थिए । उनले भने, ‘हामीलाई चपुबाट यता लागेदेखि नै डर लागिरहको थियो । आखिर यस्तो हुनु रहेछ ।’ घाइतेहरु भन्छन् उनले दुर्घटना हुनुअघि पनि बस अति तीब्र गतिमा गुडेको चालक लाई भनेका भनी थिए तर पनि चालकको लापरवाहीले नै यस्तो दुर्घटना घट्यो ।

Comments