अनमोले केसी जस्तै देख्खिने यि १८ बर्षिय अभिषेक श्रेष्ठ सामाजिक संजालमा एकाएक भए भाइरल


अनमोले केसी जस्तै लुक्स भएका एक युवा अहिले सामाजिक संजालमा एकाएक भाईरल भएका छन् । उनका तस्विर हेर्दा उनलाई सुपरस्टार अनमोल केसी भन्दा फरक भनी कसैले पनि भन्न सक्दैन । उनले आफ्ना केही फोटो समेत अनमोल केसीकै लुक्समा खिचाएका छन् ।

अनमोलका जस्तै लुक्स भएका उनी भक्तपुर सुर्यविनायकका १८ बर्षिय अभिषेक श्रेष्ठ हुन् । नाच्नमा एकदमै पोख्त उनी मुम्बईमा आयोजना हुने ‘ब्लिंक नेपाल ट्यालेन्ट म्यानेजमेन्ट’ मा भाग लिने तयारीमा छन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका अभिषेकलाई कतिले त अनमोल जस्तै भएको भन्दै सेल्फी समेत खिच्न आउने गरेका छन् ।

Comments