हृदयविदारक घटना, पत्नीको लाश अस्पतालबाट २० किलोमिटर टाढा घरसम्म मोटरसाइकलमा हालेर लिगेर जाना बाध्य


अस्पतालमा पत्नीको मृत्युभएपछि शववहान नदिएपछि बाध्य भएका एक पतिले छोराको सहयोगमा पत्निको लाश लैजान बाध्य भएका छन् ।

मानविय संवेदना झकझाउने यो घटना भारतको झारखण्ड राज्य स्थित पुर्णिया सदर अस्पतालको हो । भारतीय टिभी च्यानल न्यूज ट्वान्टीफोरको अनलाइन संस्करणका अनुसार बुधबार सुशीला देवीलाई उनका पति शंकरले पूर्णिया सदर अस्पतालमा भर्ना गरेका थिए । तर उनको मृत्यु शुक्रबार अस्पालमै मृत्यु भयो ।

पत्नीको मृत्यु पछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलव्ध गराएन । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजनाने निर्णय गरे ।

पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके । शनिवार यो घटना बाहिर आयो । जिल्ला प्रशासनले अस्पताल प्रशासनको मनाविय संवदनहिनता र घटनाका बारेमा छानविन समिति बताएको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ ।

अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलव्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निशुक्ल हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् ।

Comments