सौता ल्याएको रिसमा मध्यपुरथिमिमा एक महिलाले आगो लगाएर आफ्नै पतिको हत्या गरेकी छन्। सिन्धुपाल्चोक माङ्खा घर भई मध्यपुरथिमि नगरपालिका– ६ पुरानो थिमिमा डेरा लिई बस्ने गीता नेपालले आफ्नै पति ४० वर्षीय विदुर नेपाललाई आगो लगाई हत्या गरेकी हुन्।
प्रहरीका अनुसार सोमबार साँझ विदुरका कान्छी श्रीमती माइत गएका बेला जेठी श्रीमती गीतासँग विवाद भएको थियो। सोही विवादमा गीताले विदुरलाई आगो लगाएको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
आगोले जलेर घाइते विदुरको उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएकोमा त्यहाँ भर्ना नलिएपछि उनलाई किर्तिपुरस्थित वर्न सेन्टर लगिएको थियो।
त्यहीँ उपचारका क्रममा त्यही उनको मृत्यु भएको प्रहरीले बताएको छ। घटनामा संलग्न गीतालाई प्रहरी नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment