राष्ट्रिय झण्डासहित पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुन: सक्रिय हुन आग्रह गर्दै काठमाडौंमा निकल्यो र्याली

शनिबार काठमाडौंमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै र्याली निकालिएको छ। मातृभूमि संरक्षण, नेपाल नाम दिइएको संस्थाको आह्वानमा शनिबार काठमाडौंमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै ¥याली निकालिएको हो।

राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी भएकाहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुन सक्रिय भएर मुलुकको नेतृत्व लिन समेत आग्रह गरेका छन्।

मुलुकलाई डुब्न नदिन राजसंस्था पुर्नस्थापनाको माग गर्नु परेको मातृभूमि संरक्षण नेपालका संयोजक राजन महर्जनले जानकारी दिए।

काठमाडाैंको हुनमानढोकाबाट सुरु भएको ¥याली बसन्तपुर वरपरको क्षेत्र परिक्रमा गरी हनुमानढोकामै आएर समापन गरिएको थियो । ¥यालीमा सहभागी भएकाहरुले पूर्व राजा ज्ञानेन्द्र शाहले गत कार्तिक ४ गते ‘आफूले मुलुकको नेतृत्व लिने बेला आएको’ भनि दिएको अभिव्यक्तिको स्वागत समेत गरेका छन्। पूर्वराजा शाहको सो अभिव्यक्तिको राजनीतिक क्षेत्रबाट तीव्र विरोध हुँदै आएको छ।

Comments