अष्ट्रेलिया बाट आएका युवाले त्रिभुवन विमानस्थललाई सफा र चम्किलो बनाएपछि पशुपतिनाथको मुहार फेरीदिए


बाग्मती सफाइ महाअभियान, खेम्स क्लिनिङ अष्ट्रेलियालगायतका संस्थाको आयोजनामा सरसफाइ गरी रङ लगाएपछि चम्किएको छ पशुपतिनाथ मन्दिर अहिले पशुपति मन्दिरभित्र पनि रङ लगाउने काम भइरहेको छ ।

विमानस्थललाई सफा र चम्किलो बनाएका खेम शर्माले चम्काए पशुपतिनाथ मन्दिरलाई सफा र चम्किलो बनाउदै छ । अहिले पशुपतिनाथ मन्दिरले मुहार फेरेको छ । केहि समय अगाडी नेपालको एक मात्र विमानस्थल त्रिभुवन विमानस्थल पुग्दा धेरै नेपालीले नाक मुख थुन्दै बस्नुपर्ने अवस्था थियो अझ चर्पी लगेर शौचालय पस्यो भने कता त्यो दुर्गन्धले पर्यटक बेहोस हुनेसम्मको अवस्था थियो जसले गर्द नेपाल घुम्न आउने पर्यटक प्रवेशदार्मै भएको बेथीतिबाट मन आमिलो बनाउदै बस्थे । तर अहिलेको अवस्थमा विमानस्थल बसीराखौ जस्तो बनेको छ ।

आफ्नो फेसबुकमा यस्तो लेखे खेमले

सरसफाई अभियानको क्रममा हिन्दुहरुको पबित्र तिर्थ स्थल पशुपतिनाथ मन्दिर परिषरको सरसफाईमा आफ्नो टिमको पनि सहभागिता गर्न पाउदा आफुलाई गर्बवान्नित महसुस गरेको छु । यो अभियानमा खट्नु भएका पशुपति क्षेत्र बिकास कोषका सदश्य सचिव डा प्रदीप ढकाल ज्यु लगायत उहाको सम्पूर्ण टिम, बागमती सरसफाई अभियानका अबियेंता डा राजु अधिकारि ज्यु र अर्जुन धरेल ज्यु लगायत उहाहरुको सम्पूर्ण टिम साथै अहोरात्र खटेर श्रमदान गर्ने सबैलाई यो अभियानको सुरुवात गर्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । नेपाल लाइ नै सफा राख्ने अभियानमा हिडेका हामि सबैलाई पशुपति सफाई अभियानले झनै महत्वो बढाएको छ  । हामि यो अभियानमा सधै नै साथमा रहने छौ । धन्यबाद

 रासस

Comments