हाइड्रोजन बम भन्दा पनि घातक रसायनिक हतियार निर्माण गर्दै उत्तर कोरिया


उत्तर कोरिया घातक रसायनिक हतियार निर्माणको क्रममा रहेको एक विवरणले देखाएको छ । उत्तर कोरियाले न्युक्लियर हतियारसँगै रसायनिक हतियारको पनि विस्तार गरिरहेको बेलफर सेन्टरले सार्वजनिक गरेको विवरणले देखाएको हो ।

केही समयअघि उत्तर कोरियाले रसायनिक हतियारको पनि विकास गरिरहेको हुनसक्ने आशंका गरिएको अवस्थामा यस्तो विवरण सार्वजनिक भएको हो ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने किसिमको रसायनिक हतियारको प्रयोग आगामी दिनमा थप घातक हुनसक्ने विज्ञहरुको भनाइ रहेको छ ।

विवरणमा उल्लेख अनुसार उत्तर कोरियाले सन् १९६० देखि नै रसायनिक हतियारको निर्माण कार्य सुरु गरिरहेको छ । उत्तर कोरियाले अहिले निर्माण गरिरहेको रसायनिक हतियारको प्रयोग गरिएको खण्डमा यसले हैजा, टाइफस, टाइफाइटलगायतका रोगहरु लाग्ने खतरा रहेको बताइएको छ ।

गएको फेब्रुअरी महिनामा किम जान उनका दाजुमाथिको आक्रमणमा पनि उत्तर कोरियाको उच्च प्रविधिको प्रयोग गरिएको रसायनिक हतियारको प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

विज्ञहरुका अनुसार यदि यो हतियारको प्रयोग भएको खण्डमा उत्तर कोरियाले केही समयमै अमेरिकामा महामारी ल्याइदिनसक्छ ।

दक्षिण कोरियन गुप्तचर संस्थाकाअनुसार अहिले उत्तर कोरियाका कम्तीमा तीनओटा रसायनिक हतियार निर्माणको प्लान्टहरु सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाको बीचमा जारी तनावको समयमा यस्तो विवरण सार्वजनिक भएको हो । उत्तर कोरियाको न्युक्लियर हतियारको विषयमा चर्चा भइरहेको भए पनि रसायनिक हतियारको विषय अहिलेसम्म गौण रहेको थियो ।
एजेन्सी

Comments