बेलायतको साउथ वेल्सका ४६ वर्षीय क्रिस गार्लिकलाई यस्तो रोग लाग्यो जसका कारण अब उनी जीवनभर उभिन सक्ने छैनन् न त उनले आफ्ना हात प्रयोग गर्न सक्नेछन् । क्रिसले एक प्राणघातक रोगलाई सामान्य रुघाखोकी सम्झिनु निकै महंगो साबित भयो ।
डाक्टरहरुका अनुसार ३ छोराछोरीका पिता क्रिसलाई लाग्यो उनलाई सामान्य रुघाखोकी लागेको छ । उनले यसका लागि केही औषधी पनि प्रयोग गरे । तर, जब उनको हालत निकै बिग्रियो उनलाई तत्काल अस्पताल लगियो जहाँ उनको ज्यान बचाउनको लागि उनका हातखुट्टा काट्नुपर्यो ।
डाक्टरहरुका अनुसार यो सामान्य रुघाखोकी नभइ शरीरमा एक प्रकारको भाइरसको आक्रमण थियो । शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा एक प्रकारको भाइरस उनको रगतमा पुगेर शरीरको अन्य अंगहरुलाई नोक्सान गर्न थालेको थियो । क्रिसलाई अस्पताल लैजाँदा उनको हालत निकै नाजुक थियो । उनकी श्रीमती केरेनलाई क्रिस बाँच्नु असम्भव भएको बताइएको थियो । तर, डाक्टरहरुले क्रिसलाई बचाउन एउटा तरिका खोजे । तर, यो तरिका प्रयोग गर्दा क्रिस जिन्दगीभर अपांग हुनुपर्ने भयो । इन्फेक्सन रोक्नको लागि डाक्टरहरुले उनका हातखुट्टा काटिदिएर उनको ज्यान बचाए ।
Comments
Post a Comment