पल शाहले मृगौला पीडितलाई आफ्नै हात ले दिनु भ्यो ५ लाख ५ सय ५५ आर्थिक सहयोग

नायक तथा मोडल पल शाहलगायतले मृगौला पीडितलाई ५ लाख ५ सय ५५ आर्थिक सहयोग गरेका छन्।

एबीसी टेलिभिजनबाट प्रशारित इन्द्रेणी कार्यक्रममा बन्दीपुर गाउँपालिका तनहुँका अरुण गुरुङ मृगौला पीडित भएको र आर्थिक सहयोग चाहिएको सूचना आएपछि नायक शाह लगायतले आर्थिक सहयोग जुटाइ शुक्रबार रकम हस्तान्तरण गरेका हुन्।

दुबै मृगौलाले काम गर्न छोडेपछि मृगौला फेर्नका लागि मृगौलाको व्यवस्था भएपनि आर्थिक स्थिति कमजोर भएकाले मृगौला फेर्नका लागि आर्थिक सहयोग जुटाउन नसकिएको सूचना प्राप्त भएपछि हङकङ निवासी दिप्ती गुरुङ्ग, अरेन्द्र गुरुङ्ग, रिता माया गुरुङ्ग, ज्योती गुरुङ्ग, पुजा गुरुङ्ग, सबिता मल्ल, रेशम राना, देब गुरुङ्ग लगायत नेपालीहरूले आर्थिक सहयोग संकलन गरी नेपाल पठाएका थिए । त्यसमा नायक शाहले २२ हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए।

Comments