नदी किनारमा देखिएको बस्तुले बिहान घुम्न निस्किएका केही व्यक्ति आश्चर्यमा परेका छन्। ताप्ती नदीको किनारमा बिहान घुम्न निस्किएका केही व्यक्तिले मानिसको कंकाल फेला पारेका थिए।
भारतको बुरहानपुरस्थित ताप्ती नदीको नागझिरी घाट भन्ने स्थानको नदी किनारमा मानव कंकाल भेटिएपछि हलचल सुरु भएको हो। कंकाल भेटिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका हिन्दू संगठनका पदाधिकारीले प्रहरीलाई खबर गरेका थिए।
इतवारा निवासी महेन्द्र अटकडे नामका एक व्यक्ति बिहान नागझिरी माट घुम्न निस्किएका थिए। उनले अचानक नदी किनारमा टल्किएको एक कंकाल देखे। त्यसपछि डराउदै उनी अलिकती अघि बढे। त्यसपछि उनले फेरि कंकाल फेला पारे।
कंकाल देखेर डराएका महेन्द्रले तत्कालै उदासिन आश्रमका स्वामी पुष्करानन्द महाराजलाई जानकारी गराए। उनले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले हात, खुट्टासहितको कंकाल भेटाए।
Comments
Post a Comment