बलिउडका चर्चित कलाकारहरु आफ्नो छोराछोरीहरुलाई बलिउडमा लन्च गर्ने तयारीमा छन् । सैफकी छोरी सारा अली खान ‘केदारनाथ’ बाट डेब्यु गर्दैछिन् ।
श्रीदेवीकी छोरी जाह्नवी कपूर पनि छिट्टै नै बलिउडमा डेब्यु गर्ने हल्ला बाहिरीरहेको छ । अब यो लिस्टमा शाहरुख खानको छोरी सुहानाको नाम पनि जोडिएको छ ।
सुहाना गत बर्ष इंटरनेटमा भाईरल भएको भिडियो सिन्ड्रेलाको भुमिकाबाट आफ्नो अभिनय कला देखाईसकेकी छिन् । अब सुहाना चाँडैनै बलिउडमा इंट्री गर्ने तयारीमा लागिरहेकी छिन् जसलाई बलिउडका चर्चित निर्देश करण जौहरले उनको मद्धत गरिरहेका छन् ।
यसकारण उनलाई आजभोली साथी र परिवारको साथमा पब्लिक प्लेसमा देखिएकी छिन् । मिडिया रिपोर्टका अनुसार हालै सुहानालाई करण जौहरको अफिसमा देखिएको छ जहाँ उनको साथमा कयाँै प्रोफेसनल हेयरस्टाइलिस र मेकअपम्यान पनि थिए । सुहानालाई बलिउडका टप स्टाईलिसले तयार गरेर फोटोसुट पनि गरिएको थियो ।
करणले सुहानलाई बलिउडमा लैजानको लागि कुनै कसर पनि बाँकी छोडेका छैनन् । स्मरण रहोस् सुहाना अहिले १७ बर्षकी मात्र भईन् भने उनले आफ्नो पढाई पुरा गर्दैछिन् । तर उनी आजकल जुन तरिकाले बाहिर देखिएकी छिन् यसलाई आधार मान्नेहो भने उनी छिट्टै नै बलिउड ईन्ट्री गर्नेछिन् ।
Comments
Post a Comment