दुबैजनाले एकै पटक मछिन्द्र माविबाट एसएलसी दिएर बसेका थिए । परिवारले बिबाहको लागी स्वकृति नदिदा आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई रहेको छ । टाउको दुख्यो भन्दै कोठामा पसेकी रक्षाले सलको पासो लगाई आत्महत्या गरेकी थिइन् भने उक्त खबर सुन्न साथ प्रेमी खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईं बताउनुभयो ।
शवको परिक्षण गरी परीवार बुझाई सकिएको प्रहरीले जनाएको छ । उक्त लाशको शनिवारनै दाहसंस्कार गरिसकेको परिवारले जनाएको छ । खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् ।
उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् ।
भने उक्त लाशलाई परिवारले रक्षाको लाश जलाइ सके पछी उक्त चितामा नै खेमप्रसादको लाशलाई पनि जलाएका थिए ।
Comments
Post a Comment