नारायणहिटी दरबारमा घटेको एउटा अनौठो घटना र भविष्यवाणी जे देखे तेही भने थिए पूर्वराजा लाई - माता सबिता


आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु! र देश विदेशमा छरिएर बस्नुभएका मेरा सम्पूर्ण भक्तजनहरु। मेरो सत्य घटनामा आधारित एउटा लेख तयार पारेकी छु, यो सानो लेखलाई यहाँहरु समक्ष पस्कने अनुमति चाहन्छु।

“मैले सपनामा देखेको केही समय पछि, पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारसँग मेरो भेट भयो। यो भेट हुनुमा मैले एकजना कोही ब्यक्तिलाई मैले देखेको सपनाको बारेमा सुनाएकी थिएँ। मैले सो कुरा ऊहाँलाई सुनाएपछि उहाँ म प्रति केही ईच्छुक भएको जस्तो मैले बुझेँ। ऊहाँ नेपालको एकदमै राम्रो र असल ब्यक्तित्व हुनुँहुँन्छ।

ऊहाँ पत्रकारितामा सक्रिय हुनुहुँन्छ, र देश विकासका लागी अत्यन्तै सकारात्मक बिचार राख्ने, एक कुशल समाचार प्रस्तोता पनि हुनुहुन्छ। ऊहाँले नै मलाई पूर्व राजा ज्ञानेन्द्र सरकारसँग भेट हुने वातावरणको सृजना गराईदिनुभयो। त्यस बखत ममा पनि खुसीको सीमा नै रहेन, किनकी मैले सपनामा देखेको हाम्रा प्यारा राजा ज्ञानेन्द्र सरकारसँग भेट्न पाउने भएँ भनेर। पूर्व राजाका एक सचिवबाट मेरो लागि दर्शन भेटको समय तोकियो, सचिव ज्यूले दिनुभएको समय अनुसार बिहान १०:३० बजेको समयमा सरकारसँग भेट्ने कार्यक्रम जुराईयो।

सचिव ज्यूले दिनुभएको समय भन्दा करीब एक घण्टा अगाडी नै पो निर्मल निवास पुगिछु म त। म एउटा सानो गाडीमा त्यहाँ पुगेकी थिएँ। निर्मल निवासको ठ्याक्कै अगाडी मेरो गाडी रोकियो। निर्मल निवासको गेटमा बसेका सुरक्षाकर्मीले मेरो गाडीको झ्यालमा आएर सोधे! हजुर सरकारलाई भेट्न आउनु भएको हो? मैले अत्यन्तै नम्र स्वभावमा जवाफ दिएँ! हो हजुर! म सरकारलाई भेट्न आएकी हुँ।

तर सचिव ज्यूले १०:३० बजेको समय दिनुभएको थियो, हेर्नुस् न म त एक घण्टा अगाडी नै पो आईपुगीछु अब के गर्ने होला? त्यसपछि ती सुरक्षाकर्मीले मलाई सोधे । हजुरको हुनुहुन्छ अनि मेरो परिचय पाएपछि उहाँले मलाई आराम गर्ने कक्षमा बस्न भन्नु भ्यो तर उहाँ बसेर जब मैले एता उता हेरे मैले उहाँ चरा चरी हेरे र मलाई उनीहरुलाई हेरेर आर्कै खाले आभास भ्यो तिनी चरा चरी हरु जहाँ जहाँ राजा जानु हुनुहुन्छ उतै उतै जाने रहिछन ।

मलाई यस्तो लागेको थियो कि तिनीहरु म संग कुरा गर्न खोजेका छन र एकाएक मेरो आँखा बाट आँसु झर्न थाले अनि फेरी मलाई पुर्व राजाले भेट्न बुलाउनु भ्यो मैले उहाँलाई पनि तेही कुरा गरे उहाँ मुस्क्क गर्नु भ्यो ।अनि फेरी तिनी चरा चरी हरुलाई देखे तिनीहरु भोख लाए झैँ गरेका थिए । एउटा पण्डितले तिनीहरुलाई दाना दिनु भ्यो तिनी चरा चरी हरुमध्य एउटा काग पनि थियो तेस्ले दाना टिप्थ्यो अनि रुख मा जाने गरेको थियो खै कुन्नि किन हो मलाई लागे अनुसार तिनी राजा का पित्र हरु हुनुपर्छ र उता भेट्ने क्रममा मलाई यस्तो लाग्यो कि उहाँलाई अहिले सम्म देश र देशको जनता प्रति कति माया रहिछ ।

Comments