एसियाकै तेस्रो ठुलो हस्पिटल मेडिसीटी नेपालमा आजबाट सन्चालन

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा.उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो।

गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्। नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ।

नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा.महतोले बताए। ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणाअनुसार यसलाई उपचारको उत्कृष्ट गन्तव्यको रुपमा विश्वभरि पहिचान गराउने हाम्रो अभियान हो।’

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, अन्तर्राष्ट्रियस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी दिइयो।७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको जानकारी दिइयो।

Comments

  1. sounds great, आशा छ नेपाली को आय ले पनि त्यहाँ उपचार गर्न सकिने होस्!

    ReplyDelete
  2. Nepali le ramro treatment Ra medical tourism ko suruwat hos congratulation

    ReplyDelete
  3. ८०%भारतीय हरुले काम गर्ने यो अस्पतालको सहि स्वामित्व कसको हो स्पस्ट गरेको छैनन् महतो ज्यु ले सुरक्षा जन सम्पर्क र केहि प्राबिधिक बाहेक ब्यबस्थापन लगायत ठुला पोस्टमा भारतीय छन् ....

    ReplyDelete
    Replies
    1. Don't worry just get the required services and change your mind sir.

      Delete
    2. Don't worry just get the required services and change your mind sir.

      Delete
    3. No doubt that it is too much worrious to NEPAL AND NEPALESE. If it is so [80% of indians are employed] what the NEPALESE man power will do ? And the indians, as it was , is now and will ever exploit NEPAL AND NEPALESE by crazyious indins.

      Better they should not come in NEPAL. We can never expect it be good for the people. Slogans are Sweet but Intentions are beater than poisons.

      They are comming just as it was likely the'EAST INDIA CONPANY government in india with the aim of gain much and go with golden boxes.



      Delete
  4. Replies
    1. Not to expect any thing cause mind of endians are only to make end of others !

      Delete
  5. This comment has been removed by the author.

    ReplyDelete
    Replies
    1. If any one's opinion is rejected or removed by any one what will it mean for infornaion ? What a silly is the auther ? Who is that ?

      Delete
  6. मित्र, डॉ के सी ले अस्पताल को बिरोध गरेका छैनन, मेडिकल कलेज को स्थापना, शैक्षिक स्तर को उपयुक्त ब्यबस्थापन र यस क्षेत्रमा रहेका विसंगति हरुको निराकरणको लागि आवाज उठाएका हुन । चाटुकारिता को पनि हद हुन्छ नि, परदा पछाडि बसेर आफ्नो कुत्सित अभिप्राय लाइ पृष्ठपोषण गर्न ऑनलाइन पत्रकारिताको आड़ मा जे पनि कमेंट गर्न पाइन्छ ??

    ReplyDelete
  7. Good news for the Nepalese. Hope the service delivery is also world class.

    ReplyDelete
  8. we have number of hospitals, we need industry which could produce goods and even could imports , but why people are interested in hospitals, colleges, banks still ?

    ReplyDelete
    Replies
    1. More and and more cheaters' industries will be establish in NEPAL and not productive ! This is the good example !

      Delete
  9. गुणस्तरीय स्वास्थ्य सुविधा भएमा बिदेशिने मुद्राको पनि बचत हुने मर्नै को लागि बिदेशिने हरूको पनि ।

    ReplyDelete
    Replies
    1. Aba Haamra netaharu upachar garne bidesh jana napa
      yaera dikka hune bhayo.

      Delete
    2. थोरै बिदेशी मुद्राको कुरा छोडम्, धेरै स्वदेशी धन पो कुम्ल्याउने भो त endianहरूले !

      Delete
  10. ठुलो मात्र भएर केहि हुन्न / आम नेपाली जनताले बेहोर्न सक्छन कि सक्दैनन ? अनि यो नेपाली कोलागो होकी बिदेशीको लागि हो ? च्याउ सरि उम्रेका शिक्षण अस्पताल बिदेशीको लागि मोज गर्ने ठाउँ भएको छ / यो अस्पताल पनि तेस्तै नहोस / आम जनताले सर्ब शुलभ तरिकाले उपचार गर्न सके मात्र नेपालीको लागि हुन्छ / नत्र नेपालीको लागि आकाशको फल नै हुने छ /

    ReplyDelete
  11. यो अस्पताल ले पक्कै पनि नेपाली जनतालाइ सेवा पुर्याउछ त्यसमा शंका भएन तर सर्वसाधारण नेपालीको हैसियतले त्यस भित्र छिर्न सक्छन की सक्दैन यो हो संगिन सवाल । यो अस्पताल मेरो घर छेवैमा छ ल.पु.म.न.पा वडानं १८ भैसेपाटीमा छ, तर घर अगाडीनै भए पनि सर्व साधारणको पहूच भएन भने आकासको फल मात्र हुन्छ। एसियाको ठूलो अस्पताल भएर मात्रै के गर्ने । रोजगार स्थानियले पाएनन्, उपचार पनि पहूच भित्र रहेन भने???? । हो अर्को अवसर पनि छ, त्यो हो उपचारमा आउनेहरू का लागि राम्रो बसोबासको सुविधा दिनको लागि आधुनिक सुविधा सम्पन्न Home Stay संचालन गराै, यसको लागि अस्पताल व्यवस्थापन पछेले सकारात्मकरूपमा सहयोग पुर्यावस यो अवसरको फाइदा र यस संग जोडिने सयाै फाइदा उठाउँ ।

    ReplyDelete
  12. we all hope it will be good and helpfully for also poor Nepalese people otherwise only ''Bel ripe, crow happy nor sad" if in case happen like this we will be straightly How how bahun ancestor, thus thus swaha!!

    ReplyDelete

Post a Comment