भारतमा नेपाल आयल निगमको ट्यांकरमा आगजनी, ट्यांकर चालक भारतीय प्रहरीको नियन्त्रणमा


रुपन्देहीको सिमावर्ती शहर भारतको महाराजगञ्ज जिल्ला सुनौलीमा नेपाली ट्यांकरमा स्थानीयबासीले आगजनी गरिएको छ ।

भारतमा इन्धन लिने जाने क्रममा लु १ ख ७३३० नम्बरको ट्यांकरले एकजना भारतीय नागरिकलाई ठक्कर दिँदा घटनास्थल मै मृत्यु भएपछि स्थानीयबासीले आगजनी गरेको हो ।

ट्यांकरको ठक्करबाट मृत्यु भएका भारतीय नागरिक भएपनि उनको पहिचान खुलेको छैन । ट्यांकर चालक सन्तोष खेरललाई भारतीय प्रहरीले सकुशल उद्धार गरी आफ्नो नियन्त्रणमा राखेको जनाएको छ ।

Comments