चलचित्रको औपचारिक घोषणा हुनु अगावै ऋषि धमला पत्नीले निर्माण तथा अभिनय गर्ने लागेको चलचित्र ‘अनुराग’को चर्चा सुरु भएकाे थियाे। यतिबेला चलचित्र फ्लाेरमा जानु अघि नै नायककाे कारण चर्चामा अाइरहेकाे छ । केही समय अघि काठमाडौँमा एक कार्यक्रम आयोजना गरि चलचित्र अनुरागको टिमसँगै औपचारिक निर्माण घोषणा गरिएकाे थियो । उत्त समय चलचित्रकाे मुख्य कलाकारकाे रुपमा एलिजा गाैत्तम र माेडल दीपक घिमिरे तय भएका थिए ।
तर निर्माण घोषणा गरिएको हप्ता दिन नबित्दै नायक दीपक घिमिरेले चलचित्रबाट हात झिके । दीपक चलचित्रबाट बाहिरिए पछि निर्माण टिमले केही नायकहरु सँग चलचित्रकाे प्रस्ताव राखे । केही समय अघि नायक सलोन बस्नेतले एलिजासँग रोमान्स गर्ने लागेको चर्चा चलेको थियो । तर सलोनले उक्त चलचित्र खेल्न मानेनन् । स्रोतको अनुसार चलचित्रको लागी अभिनेता आर्यन सिग्देललाई पनि प्रस्ताव राखिएको थियो । आर्यनले चलचित्र खेल्न ठाडै अस्विकार गरिए दिए ।
नायकको खोजीको क्रममा निर्माण युनिट नायक पल शाहसम्म पुग्ए । पलले एलिजासँग रोमान्स गर्ने पक्का भएको समाचारहरु पनि बाहिरिएका थिए । सिनेपाटीसँग कुरा गर्दै पलले आफुलाई कथा मन परेको र पारिश्रमिक पनि चित्तबुझ्दो रहेको बताएका थिए । तर केही समय नबित्दै पल पनि ‘अनुराग’बाट बाहिरिए । तिहार पछि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र युनिटले हाल नयाँ नायकलाई भेटेको छ । नव नायकको रुपमा चलचित्र ‘अनुराग’बाट समुन्द्र पण्डितले रोमान्स गर्ने पक्का भएको छ ।
गत बिहिबार लक्ष्मीपुजाको अवसर पारेर चलचित्र ‘अनुराग’टिमले दक्षिणकाली पुगेर स्क्रिप्ट पुजा गरेको थियो । सोही समय निर्माण पक्षले चलचित्रको नायकलाई बाहिर ल्याएको हो । एक करोडको बजेटमा तयार हुन लागेको चलचित्रमा एलिजा र समुन्द्रको साथै सरोज खनाल , रुपा राना, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गर्ने छन् । चलचित्रको निर्देशन सत्यराज चौलागाईले गर्ने लागेका हुन् ।
Comments
Post a Comment