घटनाकाको प्रतक्ष्यदर्शी गाउँले भन्छन्- छोरीमान्छे देख्नै नहुने,माहाको गुन्डा थियो


पूर्वसभासद वालकृष्ण ढुंगेल समेतलाई दोषी करार गरिएको उज्जनकुमार श्रेष्ठ (भुवन) को हत्या बारे र भुवन बारे गाउँका ले यस्तो भन्छन । भुवनले लक्ष्मी श्रेष्ठसँग विवाह गरे । बिहे गरेको केही समयमै भुवन र लक्ष्मीबीच खटपट हुन थाल्यो । कारण थियो, भुवनको जीवनमा अर्की महिलाको आगमन । श्रीमान अर्की महिलासँग लागेका छन् भन्ने थाहा पाएपछि त्यसलाई रोक्ने प्रयत्नमा थिइन् लक्ष्मी ।

एक दिन दलित महिलाको कोखमा भुवनको वंश हुर्किरहेको भन्ने चर्चासँगै गाउँले र भुवनको परिवारबीच विवाद चुलियो । गाउँलेहरु ती दलित महिलाको जिम्मा भुवनले लिनुपर्छ भन्ने पक्षमा थिए । भुवनको परिवारले त्यसको प्रतिवाद गर्‍यो ।

त्यस विषयमा भुवनको र टारकेरावारी गाविसका वडा अध्यक्ष रहेका गाउँका बुढापाकासँग उनको विवाद हात हालाहालसम्म पुग्यो । अन्ततः सम्पन्न श्रेष्ठ परिवारले परिवारले केटीपक्षलाई केही रकम दिएर घटनालाई दबायो

काठमाडौंबाट घर फर्किएलगत्तै आफ्ना माइला दाइ गणेशकुमारलाई विस्थापित गरी पानी घट्ट आफ्नो जिम्मामा लिएका भुवनले मिलमा कुटाउन पेलाउन आउने महिलासँग जिस्कने, मस्कने र नमाने बल प्रयोग गर्ने स्थानीयको आरोप छ । भुवन जुवातासका अब्बल खेलाडीसमेत थिए गाउँलेहरुको वयान अनुसार माओवादीहरु गाउँमा जुवातास रोक्न चाहन्थे भुवन जुवातास खेल्ने अड्डा खडा गर्न चाहन्थे । माओवादीहरु गाउँमा महिला र दलित अधिकारका कुरा गर्दै हिँड्थे । भुवन गाउँमा महिलालाई बाख्रा र आफू बाघ भएको बोध गराउन चाहन्थे, अनि तेही नै उज्जनकुमार श्रेष्ठ (भुवन) को हत्याको कारण हो ।

Comments