फेसबुकमा ‘समाप्त’ लेखेर श्रीमती र दुई छोरालाई बिचल्ली बनाएर २१ बर्षे युवकले गरे आत्महत्या

फेसबुकमा समाप्त…. लेखेर एक युवकले आत्महत्या गरेका छन |उनि हुन् त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइराला । उनले बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछी गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराए । प्राय जसो उनको फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यीक वाक्यहरु लेख्दै आएका थिए ।

प्रहरीका अनुसार कोईराला मानसिक तनाबमा रहेको जस्तो देखिएको छ । प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए । केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यहि रात आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।

Comments