त्रिशुलीबस दुर्घटनामा परि आफु सहित परिवारनै गुमाएका अभागी दाजु भाई घरमा अब ८६ बर्षिय बा र आमा मात्र

छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है भन्ने फोनको पर्खाइमा थिए । तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० वर्षीय छोरा अभिनव, ४ वर्षीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए । उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ ।

उहाँहरुको मृत्युको खबरपछि पुरै गाउ मा नै रुवाबासी छ र शोकमा मा डुबेका छन् । अब यो पिडित परिवारमा ८६ बर्षिय बा र आमा मात्र नै जीवित बाँचेका छन् ।

Comments