राजपाको अनौठो घोषणा पत्र :प्लस टु पढेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र


अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले आफ्नो घोषणापत्र मार्फत पनि सार्वजनिक गरेका छन् । उक्त घोषणा पत्रमा प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने जनाएका छन् ।

अन्य राष्ट्रिय पार्टीहरुले तराईमा दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको छ ।

कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिने  उक्त घोषणा पत्रमा छ ।

महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने  राजपाले बताएका छन्। बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिने रहेका छन्  । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने पनि  बताएको छ ।

Comments