विदेश मा नेपाली चेलीलाई आत्महत्या गर्न बाध्य बनाएका यि बंगालीलाई फाँसी दिलाउने अभियान मा सबै एकजुट हौँ


हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भईसकेकी एक युवतीको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्‍याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।

उनको शबसँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उनका आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनका आफन्तले मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरी उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ । हामीले प्रशारण गरे लगत्तै संसारभरका नेपालीको ध्यान आर्कषण भएको छ ।

भिडियोमा उनले आफुसंग दुर्व्यवहार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ती बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन् । श्रेष्ठ कुनै पनि हालतमा ती व्यक्तिलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।

अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टमीको आत्महत्या पछाडि जोडिएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिइएको छ ।

अस्टमीले आत्महत्या गरेका भनिए पनि उनले मर्नुअघि रेकर्ड गरिएको भिडियोको आधारमा उनको हत्या गरिएको वा आत्महत्याका लागि बाध्य पारेको देखिन्छ ।

अहिले युएईमा रहेको नेपाली दुतावास र एनआरएन युएईको पहलमा अस्टमीलाई आत्महत्या गर्न बाध्य बनाउने बंगलादेशी युवकलाई युएई छोडेर भागन नदिन युएई प्रहरीले ईमिग्रेसनलाई आग्रह गरेका छन् ।

Comments