थापाले वाम गठवन्धनका कारण मुलुकमा लोकतन्त्र र प्रजातन्त्र खतरामा परेको भन्दै आम नेपाली जनता लोकतन्त्र र प्रजातन्त्र रक्षाका लागि एक ठाउँमा उभिनु पर्ने अवस्था सिर्जना भएको समेत बताए ।
विराटनगरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले चुनावमा प्रजातन्त्र र साम्यवादका बिचमा वैचारिक प्रतिस्पर्धा भइरहेकाले वहुसंख्यक नेपाली जनता प्रजातन्त्रको पक्षमा रहेकोले चुनावपछिको सरकार पनि लोकतान्त्रि गठवन्धनकै हुने दावी गरे ।
उनले मोरङ जिल्ला प्रजातन्त्रको निम्ति सधै ऐतिहासिक महत्व राख्ने जिल्ला भएको भन्दै अहिले लोकतन्त्र र प्रजातन्त्रमाथि खतराको संकेत देखिएको वेला पुनः मोरङ जिल्लाले. ऐतिहासिक र साहसिक निर्णय गर्ने वेला आएको बताए ।
राष्ट्रिय प्रजतन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले अव हुन लागेको निर्वाचन लोकतान्त्रिक पक्षधर वाम गठवन्धनवीच भएकाले मुलुकको वर्तमान अवस्थालाई बुझेर नेपाली जनताले प्रजातन्त्रको पक्षमा आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरे ।
हिमाल पहाड-तराई र मधेशलाई एकता कायम गर्न कांग्रेस र राप्रपा एक ठाउँमा उभिएको थापाको भनाइ छ ।
थापाले नेपाली कांग्रेसका नेताहरुलाई भोट दिन आफ्ना कार्यकर्तालाई आग्रह समेत गरेका थिए ।
Comments
Post a Comment