सडकमै कार बाट फ्यान संग सेल्फी लिनाले बलिउड नायक वरुणको ट्रेफिक प्रहरीले काट्यो चलान


बलिउड अभिनेता वरुण धवन माथि मुम्बईको सडकमा ट्राफिक नियम तोडेको भन्दै आरोप लगाईएको छ । उनी माथि ट्राफिक नियम तोडेको भन्दै पुलिसले भारु ६००को जरिवाना तिर्न लगाएका छन् ।

यो जरिवाना उनले अनलाई मार्फ भर्नु पर्नेछ । भर्खरै वरुणले सो सडकमा एक केटिसँग सेल्फी लिएका थिए, जुन निकै खतर्नाक थियो ।

वरुण आफ्नो कारमा सवार थिए । सडकमा गुडिरहेको अटोमा एक केटीलाई आफ्नो कारबाट टाउको बाहिर निकालेर सेल्फी लिन अनुमति दिए । त्यसपछि त्यस केटीले सेल्फी क्लीक गरेकी थिईन् ।

मुम्बईका प्रहरीले उनलाई जानकारी गराएपछि वरुणले माफि मागेका थिए ।

Comments