दुबई उच्च सुरक्षा अधिकारी धाही खल्फनले अल जजिरा च्यानल माथि बम हान्ने धम्की दिएपछि

केही समय अगाडि कतारले २०२२ मा आयोजना गर्ने विश्वकप फिर्ता लिए नाकाबन्दी तत्काल हट्ने विबादास्पद अभिव्यक्ति ट्वीट गरेका दुबई सुरक्षाका उच्च अधिकारी धाही खल्फन फेरि चर्चामा आएका छन्।

यतिखेर उनले दोहाको अल जजिरा च्यानल माथि बम हान्न सार्वजनिक आवहान गरेका छन्।उनले हालसालै इजिप्टको शिना प्रान्तमा २३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको मुख्य दोषी अल जजिरा रहेको समेत बताएका छन्।

त्यस्तै उनले आफ्नो २.४२ मिलियन फलोवर भएको एकाउन्ट मार्फत अल जजिरा आईएसआईएल,अल काएदा, अल नुस्रा को च्यानल रहेको आरोप सहितको अर्को ट्वीट गरेका छन्।

यता अल जजिरा अरबिकका प्रबन्ध निर्देशक यसेर अबुहिलालाहले आफ्नो च्यानल र कर्मचारी माथि कुनै हमला भए खल्फनले जिम्मा लिनु पर्ने बताएका छन्।खल्फन युएईको नागरिक मात्र नभएर एक सरकारी कर्मचारी भएकोले यस गम्भीर ट्वीट बारे युएईले प्रतिक्रिया जनाउन पर्ने उनले बताएका छन्।विभिन्न बाहानामा अल जाजिराको नाम लिएर खलफनले आतंककारी क्रियाकलापलाई उक्स्याएको अल जजिराले लेखेको छ।

Comments