यि ६ जनाले काठमाडौंबाट फर्किदै गर्दा गल्तिबिनै ज्यान गुमाउनु पर्यो (नाम, उमेर र ठेगाना सहित)


हिजो मात्र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकखण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ मा बस दुर्घटना हुन पुग्यो । जसबाट ६ जनाले घटनास्थलमै ज्यान गुमाउनु पर्यो ।

यसैबिच यसै दुर्घटनाबाट नवलपरासीका दुईजनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट फर्किदै गरेका नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डे र नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकालको ज्यान गएको हो ।

त्यस्तै उक्त दुर्घटनाबाट अर्घाखाँचीको मालारानी गाउँपालिका (हंसपुर)का ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु २ ख २९१ नम्बर पश्चिम नेपाल यातायात व्यवसायी संघको बस मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको बस ट्रकसँग ठोक्किए त्रिशूली नदीमा खसेको थियो ।

Comments