अर्घाखाँचीमा दुई गठबन्धनलाई विवेकशील साझाको चुनौती

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोप बहादुर रायमाझीको क्षेत्र हो अर्घाखाँची । अहिले बाम गठवन्धनबाट उम्मेदवार बनेका टोप बहादुर रायमाझीसंग पटक पटक प्रतिष्प्रधा गरेका पाका नेता डा राम बहादुर वि.सी.पनि लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका छन् । तर यी दुवै गठबन्धनलाई विवेकशील साझा पार्टीका उम्मेदवार विष्णु मिश्र चुनौती बनेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता रायमाझी बाम गठवन्धनको तर्फबाट उम्मेदवार बनिरहँदा लोकतानित्रक गठवन्धनबाट उम्मेदवार बनेका काँग्रेस नेता विसीलाई राप्रपाको साथ छ । तरपनि यी दवै उम्मेदवार विवेकशील साझा पार्टीसंग झस्कीएका छन् ।

पछिल्लो समयमा सुसस्कृत राजनीतिक संस्कार सहित शुरु भएको विवेकशील साझा पार्टीको लोकप्रियता दुवै गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको छ । विवेकशील साझा पार्टीबाट आफ्नो मत काटिने डर दुवै गठबन्धनलाई छ । यद्यपी विवेकशील साझा पार्टीले कसैको मत काट्ने नभई चुनाव नै जित्ने दावी प्रचार प्रसार समिति संयोजक पवन बन्जाडेको छ ।

बन्जाडेको यो दावी संगै अर्घाखाँचीको चुनावी अंक गणित निकै रोमान्चक हुने देखिएको छ । आफुलाई जिल्लाको सर्वेसर्वा ठान्ने दुवै गठबन्धनको विचमा आफुहरु प्रति जनताको तिव्र समर्थन रहेको बताउदै विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार मिश्रले आफुहरु पनि जितको नजिक रहेको प्रतिक्रिया दिएका छन् ।

लामो समयदेखी राजनीति गरेको भएपनि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न नसकेका पुराना नेताहरुको विचमा विवेकशील पार्टीको भूमिका कस्तो रहने हो यो भने हेर्नै बाँकी छ ।

Comments