यही मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ।
परिषद्को निर्वाचनमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि सीमा नाका बन्द गर्न दुई देशका जिल्लास्थित सुरक्षा पदाधिकारीको छलफलपछि सो नाका बन्द गरिएको बाँकेका प्रजिअ रमेशकुमार केसीले बताए।
“सो नाका आज साँझदेखि ४८ घण्टासम्म बन्द गर्ने सहमति भएको छ”, प्रजिअ केसीको थप भनाइ छ, “नाका बन्द भएपछि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनमा पूर्ण रोक लगाइएको छ ।”

Comments
Post a Comment