लाजमर्दो स्थितिमा भेटिए आर्यघाटमा माओवादी नेता अमिक शेरचन -प्रकाशको लासमा अरुले चढाएको माला फेरी शेरचनले चढाए ?

यी ब्यक्तिले के गर्दैछन् थाहा पाउनु भयो ? थाहा पाउनु भएन भने हामी भन्छौं । चितामा राखिएको यो शव हो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशको । अन्तिम श्रद्धाञ्जली दिन यहाँ दाहाल परिवारका सदस्यदेखि भिआइपीसम्म पुगेका छन् । यसैक्रममा माओवादीका बरिष्ठ नेता अमिक शेरचन पनि पुग्छन् ।

प्रकाशको शवमा चढाएको मालाको थाक भएतिर अटस् मटस् गरेर जान्छन्, भिड छिचोल्दै । र, एउटा माला तान्छन्, त्यही चढाइसकेको माला । माला तानिसकेपछि एक पटक कसैले देखिरहेको छ कि जस्तो गरेर पुलुक्क हेर्छन् पनि ।

त्यसपछि उनी सिधै गएर शवमा चढाउँछन् त्यही माला । र लालसलाम गर्छन्, गौरवका साथ । एकै छिन् पछि उनी भिडमा हराउँछन् ।

दर्शकबृन्द्ध, एक पटक शवमा चढाइसकेको माला टिपेर फेरि किन उनले चढाएका होलान् ? यसको जवाफ सायद उनीसँग मात्र होला । विस्तारपूर्वक सबै जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=8sE0uRtbeLc यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments