उनले सिजन २०१६–१७ मा ३७ गोल गरेका थिए। मेसीले गोल्डेन बुट अवार्ड हात पारेको यो चौथो पटक हो । यसअघि उनले सन् २०१०, २०१२ र २०१३ मा पनि सो अवार्ड जितेका थिए।
चार पटक अवार्ड जितेसँगै मेसीले अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । रोनाल्डोले पनि चार पटक युरोपियन गोल्डेन बुट अवार्ड जितिसकेका छन्।
रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा अवार्ड जितेका थिए। रोनाल्डोले गत सिजन २५ गोल गरेका थिए। उनी युरोपमा बढी गोल गर्ने खेलाडीमा शीर्ष पाँचमा परेका थिए।
गत सिजन बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पोर्चुगिज क्लब स्पोर्टिङका डच फरवार्ड बास डोस्ट थिए। उनले गत सिजन ३४ गोल गरेका थिए। तेस्रो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका पियरी इमेरिक आउबामायेङ थिए। उनले ३१ गोल गरेका थिए।
गत वर्षको अवार्ड बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेजले जितेका थिए। सुआरेजले गत सिजन २९ गोल गरेका थिए । सुआरेजभन्दा अगाडि रहेका जर्मन क्लब बार्यन म्युनिखका रोबर्ट लेवान्डोवस्कीले ३० गोल गरेका थिए।

Comments
Post a Comment