माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको कार्यकारीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् ।
भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा आयोजित कार्यक्रमपछि दाहालले भने, ‘माओवादी र एमाले एकीकृत हुन्छन, एकीकृत पार्टीले अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागवण्डा गर्ने सहमति छ।’
आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतीक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने उनले तर्क गरे । ‘त्यसैले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो । कुनै न कुनै कार्यकारी पदमा म हुन्छु’, दाहालले हर्षका साथ भने ।
माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर आर्थिक उन्नति र संविधान कार्यान्वयनमा सफलता पाउनु रहेको दाहालले बताए । उनले भने, ‘एमाले र माओवादीको एकता अधिनायकवाद जन्माउन नभई मुलुकको शान्ति र स्थायित्वमा केन्द्रित रहन्छ।’
वामपन्थीविरुद्ध जति नै दक्षिणपन्थी दुष्प्रचार भए पनि जनताले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा वामपन्थीलाई बहुमत दिलाउने जनआवाज आफूले मुलुकभरका चुनाव प्रचारका क्रममा सुनेको दाबी दाहालले गरे ।

Comments
Post a Comment