सबै कर्मचारी सामु कार्यालय हाता भित्रै महिलामाथि आक्रमण गर्ने दलाली प्रहरी द्वारा पक्राउ


बलम्बु स्थित यातायात ब्यबस्था कार्यालयमा मोटरसाइकलको ब्लुबुक नबीकरण गर्न गएकी एक महिला माथि आक्रमण गर्ने दलाली चार दिनपछि पक्राउ परेका छन । अनिश राई नामक ती दलालीले ब्लुबुक नबीकरण गर्न लाइनमा बसेकी शारदा पाण्डेलाई कार्यालयको हाताभित्रै आक्रमण गरी आक्रमण गरी घाइते बनाएको थियो । यातायात ब्यबस्था कार्यालयकै कर्मचारीले कमीसनको स्वादमा बलम्बुको कुनामा कार्यालय सारेपछि कार्यालय हाता भित्रै आक्रमण, चोरी लगायतका घटना बढेका छन ।

न पार्किन् गर्ने ठाउ छ न त लाइन लाग्ने ठाउ नै छ न त सुरक्षा नै छ त्यस्तो अनकण्टार ठाउमा कार्यालय सार्नुमा माथिदेखि तल सम्मका अधिधकारीहरुको चलखेल ठुलै रहेको स्थानीय बासिन्दा मात्र होइन कंलकीको जामको दशा कटेर जाने जोकोही सेबाग्राहीले बल्ल बल्ल त्यहा पुगेपछि भन्ने गर्छन । दलाली र कार्यालयका कर्मचारीहरुको मिलोमतोमा इन्स्युरेन्स गराउने देखि चाडो काम गराइदिने भनी केही दलालीले सो कार्यालय हाताभित्र काम गर्ने ठेकका पाएका छन ।

जब कुनै दलालीले भनेको भएन भने सेबाग्राहीमाथि नै आक्रमण गर्ने गर्छन तर कार्यालयका कर्मचारीहरु नदेखेझै गर्छन । बुद्धनगरबाट ब्लुबुक नबीकरणका लागि हिडेकी शारदालाई यातायात ब्यबस्था कार्यालयमा पुग्दा तीन घण्टा लागेको थियो । तीन घण्टामा कार्यालय पुगेर लाइनमा बसेको एकैछिनमा दलालीको सहयोग नलिएको झोकमा उनीमाथि आक्रमण भएको थियो । अन्य दलालीहरु समेतको सल्लाहमा अनिश राईले पहिले निधारमा हानी अनि लात्तले छानीमा हानी लडाएको थियो ।

शारदामाथि आक्रमणमा समाचार प्रकाशमा आएपछि प्रहरीले उनको खोजि गरेको र बुधबार प्रहरीले पक्राउ गरी थानकोट चौकीमा थुनामा राखेको छ भने शारदा पाण्डेले प्रहरी कार्यालयमा आबश्यक कारबाहीका लागि निबेदन समेत दर्ता गराएकी छिन । चार दिन अघि कार्यालय हाताभित्रै ती महिलामाथि दलालीले आक्रमण गर्दा समेत कार्यालयका कर्मचारीहरुले बेवास्ता गरेको कारण अक्रमणकारी भाग्न सफल भएको थियो । चार दिनपछि भएपनि बलब्बु प्रहरीले राईलाई पक्राउ गर्न सफल भएको छ ।

शारदाले भनेकी छिन , अनिश राइ मात्र होइन सेवाग्राहीलाई ठग्न बसेका सबै दलालीलाई कार्यालय हाता वरिपरि नै छिर्न दिनुहुदैन र कार्यालयका कर्मचारीले पनि सेवाग्राहीको काम दलाली बिना पनि गर्न सब्छौ भनेमा न्यायको अनुभुति हुने छ । कुनै पनि यातायात ब्यबस्था कार्यालयमा दलालीले आफुले समयमै काम गरिदिन्छु भन्दै पैसा खाने गर्छन । जब कहिले काही पैसा खाना नपाउने स्थिति हुन्छ त्यतिबेला आक्रमण गर्ने , चोरी गर्ने काम हुने गरेको छ ।

आफै गर्न थाल्यो निकै समय लाग्छ , दुख हुन्छ , फाइल हेर्न पनि भ्याइदैन भन्ने जस्ता कुरा दलालीले मात्रै गदैनन स्वयं कार्यालयका कर्मचारीले पनि गर्ने गर्छन कमिसनकै कारण बलम्बुको कुनामा लगेर कार्यालय राखिएको कारण सेबागा्रही लाइनमा बस्ने पनि ठाउ छ्रैन भने सेबाग्राही जो त्यहा पुग्छ उसले यस्तो अपायक ठाउमा ल्याएर कार्यालय राख्नुको रहस्यबारे छानविन हुनुपर्ने आवाज उठाउने गरेका छन ।

Comments