३२ जिल्लामा मतदान हुदै गर्दा जाजरकोटबाट आयो डरलाग्दो खबर : दोहोरो झडपबाट दर्जन घाईते, थप झडपको डरले मतदाता आएनन्

जाजरकोटमा हिंजो सांझ बामगठबन्धन र कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ । कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप भएको हो । झडपमा परि दर्जन घाईते भएका छन् ।
झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका हुन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


रातभरी झडप भएका कारण आज विहान देखि त्यहां सुरु भएको मतदान समेत प्रभावित भएको छ ।  झडप हुने डरले मतदाताअरु उल्लेख्य रुपमा मतदानमा उपस्थित हुन सकेका छैनन् । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडप पछि त्यहांका ५ जनाको अवस्था अहिले सम्म अज्ञात छ । उनीहरु वेपत्ता छन् ।

घाईतेको आज सम्म पनि उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएका छन् । गम्भिर अवस्थाका घाइतेको पनि उद्धार हुन नसक्दा उनीहरुको ज्यान जोखिममा परेको छ ।

घटना भएको १० घण्टा बितिसक्दा पनि प्रहरी घटनास्थल पुग्नसकेको छैनन् । उक्त मतदान केन्द्रमा हालसम्म २०र२५ जना बाहेकले मतदान गरेका छैनन् । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान शुरु भएको ४ घण्टामा २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएका छन् । स्थानिय प्रशासनले सुरक्षाको अवस्था मजवुत भइरहेको बताए पनि मतदाता भने ढुक्क हुन सक्ने अवस्था छैन ।

Comments