युवतीको शंकास्पद मृत्युलाई लुकेर दाह संस्कार गर्ने बेला अर्ध जलिसकेको शव प्रहरीले लिगेर गयो


रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्यु भएको छ । देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुरतियाकुमारीको शंकास्पद मृत्यु भएको हो ।

शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् ।

Comments