आज बि.स.२०७४ मंसिर १० गते दिन आईतबार अनुसार आजको राशिफल हेर्नुहोस्


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा मन्दि आउँनेछ भने प्रयत्न गर्दापनि पुराना बाकि रहेको रुपैया पैसा उठ्ने छैनन् । एक साथ अनेक काम गरिपनि आम्दानि नहुने हुँदा दैनिकी प्रभावित हुनेछ । दाजुभाईको असहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा कमि हुनेछ । भौतिक बस्तु तथा स्थाई सम्पतिको प्रयोग गर्न नजान्दा सोचेको उपलब्धि नहुन सक्छ । घरायसि स्रोत साधनको परिचालन गर्न नसकिने तथा पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा बाध्यताबस टाडा हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँनाले गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुने हुदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने व्यापार व्यावसायको सवालमा हुने यात्रा निअर्थक हुनेछ । समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्ना सक्छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुँनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समयमा काम बन्नाले आय आर्जन बढ्ने तथा सापटि लगिएका रकमहरु फिर्ता हुँनेछन् । व्यापारमा लगानि गरि आम्दानि बढाउँने समय रहेकोछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुँनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुँनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ ।

Comments