एकातिर सासुको लाश अर्कोतिर ढुंगा, काँधमा बोकेर ४० किमी पैदल हिँडेर शवलाई घर लिगेर जाँदै ज्वाइँ

बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधे । सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् । गरिबीको यो दर्दनाक दृश्य बुधबार भारतको इलाहाबादमा देखिएको हो ।

इलाहाबादको सीमाक्षेत्रमा रहेको रीवाँ जिल्लाका नचकु नामका ती व्यक्ति इलाहाबादमा एक प्रधानकहाँ काम गर्छन् । उनकी पत्नी र सासु सँगै बस्थे । सासुको स्वास्थ्य बिग्रिइरहन्थ्यो । जाँचमा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । सासु अब धेरै नबाँच्ने थाहा पाएपछि उनलाई गाउँ लैजानको लागि लिएर हिँडेका थिए । तर गाउँका लागि अटोरिक्सा लिएर हिँडेका नचकुकी सासुको अलिकति अगाडि पुग्नेबित्तिकै मृत्यु भयो । उनको मृत्यु भएको थाहा पाएपछि अटोरिक्सावालाले उनीहरुलाई त्यहीँ झारिदिए ।

Comments