बिना विभागिय मन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार शर्माले मुसीकोट नगरपालिका–५, को यमुनानन्द नमूना माविमा रहेको मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेका हुन् । यस मतदान केन्द्रमा मतदान गर्ने उनी पहिलो मतदाता हुन् । मतदानको समय सुरु भए लगत्तै जनार्दन शर्माबाट मतदान सुरु भएको मतदान अधिकृत पूर्णबहादुर अछामीले बताए ।
शर्मा यो सहित चार वटा निर्वाचन लड्दै छन् । यस अघि तीन वटा निर्वाचन लडिसकेका शर्माले आºना लागि भने पहिलो पटक मतदान गरे । २०४८ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचन र २०७० सालमा भएको संविधान सभा सदस्यको दोश्रो निर्वाचनमा पनि शर्मा उम्मेदवार थिए । यस अघिका ३ वटै निर्वाचनमा उनले आफूले आफैलाई मतदान गर्न पाएका थिएनन् ।
यस अघिका निर्वाचनमा निर्वाचन क्षेत्र फरक परेका कारण उनले आफूलाई मतदान गर्न नपाएका हुन् । यस अघिका तीन वटै निर्वाचनमा उनी २ नम्वर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए भने उनको नामावली र मतदान केन्द्र भने १ नम्वर निर्वाचन क्षेत्रमा थियो । यस पटक सिंङ्गै जिल्ला प्रतिनिधि सभा सदस्यको लागि एउटै निर्वाचन क्षेत्र बनेपछि शर्माले मतदान गरेका हुन् । आफू उम्मेदवार भएको ४ र सहित अन्य निर्वाचनमा मतदान गरेपनि आºना लागि भने पहिलो पटक मतदान गरेको शर्माले प्रतिक्रिया दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको जनाएको छ । केही मतदान केन्द्रबाट मतदान सुरु भएको जानकारी आउन बाँकी भएपनि मतदानको समय सुरु भैसकेकाले सबै ठाउँमा मतदान सुरु भैसकेको हुन सक्ने सहायक मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए । जिल्लाभर ७३ मतदान स्थल छन् भने १ सय ११ मतदान केन्द्र रहेका छन् । यस जिल्लाका ८४ हजार ३२ मतदातालाई आजको निर्वाचनमा मताधिकार छ ।
Comments
Post a Comment