घुम्टो फालेर युनिफर्ममा उत्रिएकी रिक्साचालककी श्रीमती सुमित्रा


महोत्तरीको जलेश्वरस्थित दुर्गाचोकमा म्यादी प्रहरीको युनिफर्ममा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् सुमित्रा पासवान ।

घुम्टो र साडीमा कुद्दै धेरै पुरुषलाई पछि पारेर म्यादी प्रहरीमा छनोट भएकी सुमित्राको तस्बिर पाँच साताअघि पत्रिकामा प्रकाशित भएको थियो ।

प्रजातन्त्रको उत्सव निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी सुमित्राले परिवारका लागि ५५ दिनमा करिब ५० हजार कमाउँदैछिन् ।

त्यो भन्दा महत्वपूर्ण, रिक्साचालककी श्रीमतीका रुपमा मात्र चिनिएकी सुमित्राको म्यादी प्रहरीका रुपमा आफ्नै पहिचान पनि बनेको छ ।

Comments