विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता ९आइतबारदेखि शनिबार बेलुकीसम्ममा० ३ लाख मानिस बाहिरिएका छन् ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिनदेखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन् । शेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ ।
मतदानमा भाग लिन घर जानेमा सबैभन्दा धेरै पार्टी कार्यकर्ता छन् । त्यस्तै, काठमाडौंबाट बाहिरिनेमा कर्मचारी, निजी कम्पनीमा काम गर्नेहरू र काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको यातायात व्यवसायीहरू बताउँछन् ।
जिल्ला फर्किने धेरैले ‘रिजर्भ’ सवारीसाधन प्रयोग गरेका छन् । कतिपय उम्मेदवारले नै घर फर्कनका लागि सवारीसाधनको व्यवस्था गरेका छन् । प्रायः सबै पार्टीले बस रिजर्भ गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
Comments
Post a Comment