बुढानिलकण्ठ-रत्नर्पाक रुटमा माइक्रो विस्थापन गरिँदै, १० ठूला टाटाबसले सेवा थाले


बुढानिलकण्ठ रत्नर्पाक रुटमा माइक्रोबस विस्थापनको क्रम सुरु भएको छ । बुढानिलकण्ठ यातायात प्रालिले १० वटा ठूला बसमार्फत सेवा थाल्दै ७० वटा बस थप्ने योजनाको घोषणा गरेको छ ।

टाटाको अत्याधुनिक र सुविधा सम्पन्न एलपी ७१२ ३२ सिटी बस बुढानिलकण्ठ यातायात प्रालिमार्फत बुढानिलकण्ठ जमल रत्नपार्क हुदै बुढानिलकण्ठ रुटमा सञ्चालन गर्न सुरु गरिएको छ ।

नेपाली अटो बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्ने टाटाका बसमा एलईडी टिभी, सीसीटिभी, हाइड्रोलिक डोर, आरामदायी सिटसहितका सुविधा रहेको सिप्रदी ट्रेडिङ प्रालिका प्रोडक्ट म्यानेजर कृष्ण चन्दले बताए ।

साँचो हस्तान्तरण गर्दै सिप्रदी टेडिङ प्रालिका डीजीएम अनुपमणी ढकालले ३५ बर्षदेखि निरन्तर रुपमा ग्राहक सेवालाई उच्च प्राथमिकता दिँदै आएको सिप्रदी टेडीङ प्रालिले उक्त गाडीहरु निरन्तर अन रोडका निमित्त २४ सै घण्टा कटिबद्ध रहने बताए ।

ग्राहकवर्गहरुको लगानी सुनिश्चित गर्ने चाहना मात्रै नभई सिप्रदी ट्रेडिङ र टाटा मोटर्स दुबै पूर्ण लक्ष्यका साथ अगाडि बढेको कुरा समेत जानकारी गराए ।

कार्यक्रममा बुढानिलकण्ठ यातायात प्रालिका अध्यक्ष वावुराजा महर्जनले हाल १० वटा सबाट शुरु गरी आगामी दिनमा ७० नयाँ गाडी पुराना माइक्रो बसलाई विस्थापित गर्ने गरी सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

Comments