प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा थिए । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी छन् ।
एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने काँग्रेसका बिष्ट एक्लै चुनावी मैदानमा छन् । दुवै जनाले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि चुनावी एजेण्डासहित प्रचार प्रसारलाई अगाडि बढाउँदै आएका छन् ।
स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार ११५ मत गरी वाम गठबन्धनको ३४ हजार ६०४ मत छ भने काँग्रेसको १४ हजार ९५६ मत छ । चार स्थानीय तह रहेको १ नं निर्वाचन क्षेत्रमा सबै स्थानीय तहमा वाम गठबन्धनको पार्टीका नेताले नै प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष पद जितेका थिए ।
वाम गठबन्धनका उम्मेदवारले सीमा समस्या समाधान, सडकको स्तरोन्नति, सिमसार समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण, दोदा र चौधर नदीको कटान नियन्त्रण, आरक्ष विस्थापित समस्याको स्थायी समाधान, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास, राना थारू संस्कृतिको संरक्षण र प्रचारप्रसार लगायतका विषयलाई चुनावी मुद्दा बनाएका छन् ।
कञ्चनपुरकै दुर्गम गाउँपालिका लालझाडीलाई राना पर्यटकीय गाउँका रुपमा विकास गर्न सकिने योजनासहित चुनावी प्रचारप्रसार भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष तथा १ नं क्षेत्रको प्रदेशसभा १ का उम्मेदवार तारा लामा तामाङले बताए ।
कांग्रेसका उम्मेदवार बिष्टले जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारलाई नमूना शहरका रुपमा विकसित गर्ने चुनावी एजेण्डा अगाडि सारेका छन् । छोटी भन्सारलाई भन्सार कार्यालयका रुपमा स्थापना गरी व्यापारिक केन्द्रका रुपमा बेलौरीलाई चिनाउने प्रतिबद्धता उनको छ ।
प्रदेशसभाका उम्मेदवार गोपाल गुरुङले राना थारू जनजातिको ऐतिहासिक पृष्ठभूमि जोगाउनका लागि सङ्ग्रहालय स्थापना गर्ने, एलानी जग्गाको लालपुर्जा उपलव्ध गराउने, दुर्गम बस्तीमा कालोपत्र सडक बनाउने, जंगली हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउने, बाढीबाट विस्थापनमा परेका परिवारको पुनः स्थापना गर्ने चुनावी एजेण्डासहित मैदानमा उत्रिएको बताए ।

Comments
Post a Comment