नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बरालको नाति पुजन बराल निर्वाचनका लागी म्यादी प्रहरीमा भर्ती भए र उनले म्यादी प्रहरीमा रहँदा पाएको तलब भत्ता प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन् ।म्यादी प्रहरीमा भर्ना भएका पुजन बरालले ९० दिनको आफ्नो पारिश्रमिक प्रहरी कल्याणकारी कोषमा बुझाएका हुन् ।उनका बाबुआमा दुवै जना डाक्टर हुन् ।
बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रशूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।सामाजिक संजालमा उनले भनेका छन् दुई महिना म्यादी प्रहरी भई समाज सेवा गर्ने जुन अवसर नेपाल प्रहरीबाट पाएॅ, सोबाट पाएको रकम सोही संस्थाको ‘प्रहरी स्मारक गुठी’ लाई समर्पण गर्दै ।

Comments
Post a Comment