कतारी कम्पनी बाट एक नेपाली कामदार लाई बीस हजार पाँच सय कतारी रियाल सहयोग

कतारी कम्पनि बाट एक नेपाली कामदार लाई बीस हजार पाँच सय कतारी रियाल सहयोग कारण यस्तो एकचोटी अबस्य पढ्नुहोस

नासर अल अलि इन्टरप्राइजेज कम्पनीमा कार्यरत राज बहादुर केवतले नगद सहयोग प्राप्त गरेका छन्।

गत जुलाई महिनामा खेल्ने क्रममा बलले टाउकोमा लागि घाइते भएका केवतको छोराको उपचारको लागि रकम अभाव भएका कारण उनको कम्पनीको मालिक शेख नासर अल अलि बाट बीस हजार पाँच सय कतारी रियाल सहयोग पाएका हुन्।


प्राप्त सहयोग रकमले उपचार अहिले पूरा भएको केवतले जानकारी दिएका छन्।

करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग प्रदान गर्दै आईरहेको छ। कम्पनी प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण, विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान समेत गर्दै आईरहेका छन् ।

Comments