वाम गठबन्धनका विजयी उम्मेदवार भन्छन्: ‘गाउँ सडक विकास गरेर ५ बर्ष पछि गाडी चढेर भोट माग्न जान्छु’

हुम्लाको प्रदेश क मा एमालेका उम्मेदवार दलबहादुर रावल विजयी भएका छन् । ५ हजार ३ सय १३ मतसहित उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका ठानबहादुर रोकायले ३ हजार एक सय १३ मत ल्याएका छन् ।


विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन् । ‘सिमकोट हिल्सा नाका मेरो प्राथमिकतामा छ,’ उनले भने,‘सिमकोट हिल्सा सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, पाँच वर्षपछि गाडि चढेर चुनाव प्रचारमा हिड्छु, गाडी चढ्ने अवस्था भएन भने चुनाव नै उठ्दिनँ ।’

Comments