कञ्चनपुरमा बिना मगरले भनिन् ' पति प्रकाशको अकाल्पनिक मृत्युले गर्दा सबैको घरदैलो पुग्न सकिन् तेस्कलागी माफि चाहन्छु'
पति वियोगमा रहंदा पनि निर्वाचनको कार्यक्रममा सरीक भइरहेकी बिना मगर मौन अवधि सुरु हुनुअधि सम्म खटेर लागेकी छन् । उनले मौन अवधिको अन्तिम समयको सदुपयोग गर्दै आफ्ना मतदाता समक्ष निर्वाचनमा आफुलाई जिताउन अपिल गर्दै विज्ञप्ती जारी गरेकी छन् ।
पतिको मृत्युको अवस्थालाई जटिल अवस्थाको संज्ञा दिंदै बिनाले सबेको घरदैलोमा पुग्न नसकेकोमा मतदाता समक्ष माफि मागेकी छन् ।‘जटिल परिस्थिति र आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थामा पनि निरन्तर खटिएर मतदातामाझ पुग्ने प्रयास गरे पनि समय अभाव र जटिल परिस्थितिले सबै मतदातामाझ पुग्न नसकिएको रहेछ भने क्षमाप्रार्थी छु’, उनले भनेकी छन्, ‘मेरो पीडा र समस्यालाई तपाईहरूले बुझिदिनुभएको छ भन्ने मैले महसुस गरेकी छु ।’
पति प्रकाश दाहालको अल्पायुकै निधन भएपछि पीडामा रहेकी बिनाले आफूले जिते कञ्चनपुरको विकासका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । तर उनले पति वियोगबारे विज्ञप्तिमा भने प्रष्टसंग उल्लेख गरेकी छैनन् ।मतदाताले बुझ्ने गरी सो अवस्थालाई उनले ‘जटिल परिस्थिति’ भनेर बुझाउने कोशिस गरेकी छन् ।

Comments
Post a Comment