राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निष्काशित गर्दै मन्त्रीबाट बर्खास्त गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै पार्टीको साधारण सदस्यबा निष्कासन गरिएकाले मन्त्रीबाट पदमुक्त गर्न भनेका छन ।
केही दिन अगाडि झापा क्षेत्र नं ३ का वाम गठबन्धनको समर्थन रहेका राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी सभामा सहभागी भएपछि उनका विरुद्ध यस्तो निर्णय भएको हो । उनलाई एमालेका अध्यक्ष केपी ओलीसँग साँठगाँठ गरेको आरोपमा राप्रपा प्रजातान्त्रिकले लामालाई कारबाही गरेको बताएको छ ।लामाले सरकारमा बसेर पार्टीको नीति र गठबन्धनको सहकार्य विपरित विपक्षी दल एमालेसँग मिलेको आरोप अध्यक्ष राणाले लगाएका छन् ।
Comments
Post a Comment