बम आक्रमणमा परेका गगनलाई भेट्न अस्पताल पुगेका एमाले नेता डा. भट्टराईलाई गलहत्याएर बाहिर निकालियो


नेपाली काँग्रेसका नेता गगन थापालाई भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका एमालेका युवा नेता डा. राजन भट्टराईलाई काँग्रेसका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।

आफ्ना प्रतिष्पर्धी गगनलाई बम प्रहार भएको सुन्नासाथ सुवेच्छुकहरुसहित शिक्षण अस्पताल पुगेका डा भट्टराईलाई सोमबार दिउँसो साढे १ बजे गगनका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । गगनलाई भेटेर सहानुभूति प्रकट गर्न नदिइकन गगनका कार्यकर्ताहरुले उल्टै नाराबाजी र दुर्व्यवहार गरेका थिए ।

‘चुनावमा प्रतिष्पर्धा भनेको त आफ्नो ठाउँमा छदैँ छ । म गगन थापाजीको अवस्थाको बारेमा सुन्नासाथ अस्पताल पुगेको थिएँ । तर उहाँका कार्यकर्ताहरुले मलाई धकेलाधकेल र नाराबाजी गरे । भेट्न पनि दिएनन् । मसँगै रहेका मेरा एकजना सहयोगीलाई समते कुटपिट गरियो ।’ डा. भट्टराईले दैनिक नेपालसँग भने ।

काँग्रेसका उम्मेदमार थापालाई आज विहान विप्लवका कार्यकर्ताले आक्रमण गरेका थिए । थापा भर्खरै मात्र अस्पतालबाट डिसचार्ज पनि भइसकेको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा थापा र नेकपा एमालेका युवा नेता डा. भट्टराईविच तीब्र प्रतिष्पर्धा रहेको बताइएको छ ।

Comments