चितवनका तीन वटै क्षेत्रको मतगणना जारी, चितवन ३ मा प्रचण्डको अग्रता कायमै

अहिले चितवनका तीन वटै क्षेत्रको मतगणना जारी छ । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता लिइरहेका छन् । भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि जारी मतगणनामा सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै एकसय मतले अगाडि छन् ।


प्रचण्डले ११ सय २८ र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले १ हजार ३९ मत ल्याएका छन् । चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले अग्रता लिइरहेका छन् भने दुईमा एमालेकै कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।

Comments