विराटनगरमा यि उमेद्वारको भाषण सुन्ने मात्र २ जना, उमेद्वार भन्छन म जित्ने निश्चित छ

विराटनगरको व्यस्त बजार ट्राफिकचोकदेखि झण्डै २ सय मिटर उत्तरमा रहेको बि प्लटमा आइतबार बेलुका एक दृश्य देखियो चुनाव प्रचारको। एक जना उम्मेदवार भाषण गरिरहेका थिए, दुई जना सुनिरहेका थिए । बजार र वरपरका मानिसहरु उनीहरुको त्यो दृश्य देखेर कतिपयले उम्मेदवारबारे चासो दिइरहेका थिए भने कतिपय हाँस्दै हाँस्दै हिंडिरहेका थिए ।


प्रदेशसभाका लागि मोरङको क्षेत्र नम्बर ६ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र दुवे जिपमा चढेर भाषण गरिरहेका थिए । अघिल्ला दिनसम्म खचाखच मानिसकाबीच भाषण भइरहने बि प्लटमा दुवेको भाषण सुन्ने दुई जना थिए ।

चुनाव चिह्न जीप नै लिएर मैदानमा उत्रिएका उनले भाषणका क्रममा आफू शिक्षित, कर्मठ, व्यवहारिक एवं संघर्षशील व्यक्ति भएको भन्दै भोट मागिरहेका थिए । उनले आफ्नो चरित्र राम्रो रहेको, काही पनि भ्रष्टाचार नगरेको, जनताको काम गर्ने अठोट लिएको कारण भोट दिन आग्रह गरे । संस्कृतमा एमए र शिक्षा शास्त्रमा बिएड गरेको बताउने उनले आफू चुनाव जित्ने पटक–पटक दाबी गरे ।

Comments